तनहुँमा पाठ्यपुस्तक अभाव

तनहुँ | असार ५, २०७९

तनहुँमा पाठ्यपुस्तक अभाव


तनहुँ :        नयाँ शैक्षिकसत्र सुरू भएको एक महिना बितिसक्दा पनि तनहुँमा पाठ्यपुस्तकको अभाव कायमै रहँदा विद्यार्थीलाई समस्या भएको छ । सरकारी तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीले सहजरूपमा पाठ्यपुस्तक पाउन नसकेका हुन् । 

 

विशेषगरी कक्षा ९ र १० को ऐच्छिक विषय अभाव देखिएको छ भने कक्षा ६ र ८ को प्रायः सबै किताब जिल्लामा आइनपुगेको बताइएको छ । अनिवार्य विषयतर्फका मुख्य विषयको पुस्तक पनि जिल्लामा अभाव देखिएको छ । निर्वाचन केन्द्रित अन्य छपाइ तथा कागज अभावका कारण देखाउँदै शिक्षा मन्त्रालयले पाठ्यपुस्तक छपाइमा समस्या भएको बताएको छ ।

 

विद्यालय सञ्चालन भएको एक महिनासम्म पनि पूरा किताब नआएको दमौलीस्थित साझा बुक्स एण्ड स्टेशनरीका सञ्चालक हरिहर घिमिरेले बताउनुभयो । “शैक्षिकसत्र सुरु भएको एक महिना पूरा हुने बेलासम्म समेत पाठ्यपुस्तक आउन सकेको छैन, यस्तो तरिकाले कसरी विद्यार्थीले एक वर्षभित्र पाठ्यक्रम पूरा गर्छन्”, उहाँले भन्नुभयो ।

 

जिल्लाका सामुदायिक विद्यालयहरूमा अध्ययन पाठ्यपुस्तकको उपलब्धता नहुँदा विद्यार्थीको पढाइमा समस्या भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि पुस्तक पाउन मुस्किल भएको व्यास नगरपालिका–१ का सीता बजगाईँले गुनासो गर्नुभयो । छोराछोरीका लागि आवश्यक पर्ने पुस्तक अझै आइनपुगेको उहाँले बताउनुभयो । प्रत्येक वर्ष समयमा पुस्तक नपाउने समस्या यस वर्ष पनि दोहोरिएको उहाँको भनाइ छ । 

 

तनहुँ पुस्तक व्यवसायी महासङ्घका उपाध्यक्ष रामकृष्ण न्यौपानेले सरकारी पुस्तक आउन ढिलाइ भएको र संस्थागत विद्यालयमा पनि पुस्तक अभाव भएको बताउनुभयो । जिल्लामा सामुदायिक तथा संस्थागत सबै प्रकारका पाठ्यपुस्तक अभाव रहेको छ । शिक्षा विकास तथा समन्वय एकाइ तनहुँका प्रमुख वसन्तराज पौडेलले अन्य जिल्लाको तुलनामा तनहुँमा पुस्तकको अभाव कम देखिएको बताउनुभयो । 

 

जिल्लामा काठमाडौँबाट मात्रै नभई पोखरा, चितवनलगायतका क्षेत्रबाट समेत पाठ्यपुस्तक आएका कारणले अन्य जिल्लाको तुलनामा यहाँ पुस्तकको अभाव कम भएको उहाँले दाबी गर्नुभयो । पाठ्यक्रम फेरिएका कक्षामा पुरानै पुस्तकबाट पठनपाठन हुँदै आएको उहाँले बताउनुभयो ।

 

जिल्लामा ४३२ सामुदायिक र ११९ निजी विद्यालय छन् । सामुदायिक विद्यालयमा करिब ६४ हजार र निजी विद्यालयमा ३२ हजार विद्यार्थी अध्ययनरत रहेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्